काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।




.gif)



