images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • शिक्षामा सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने...

शिक्षामा सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा

शिक्षामा सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । सरकारले शिक्षामा सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो । नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित सेवामुखी र गुणस्तरीय बनाउन स्वस्थ नियमन गरिने घोषणा गरे । दिवा खाजा र पोसाकसहितको सहज वितरण गरी रोजगारमुखी बनाउने पनि सरकारले जनाएको छ । 

    images
    images

    उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउने तथा १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र सिकाई प्रविधिको विकास गरिने पनि सरकारले जनाएको छ । विपन्न, सीमान्तकृत, दलित आदिवासीलगायतका बालबालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने पनि सरकारको घोषणा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend