images

२०८३ आश्विन १७ गते

images
images
images

टर्किस एयरलाइन्स– ल्यान्डिङ गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबी

टर्किस एयरलाइन्स– ल्यान्डिङ गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबी

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानको अवतरण गियर (ल्यान्डिङ गियर) मा देखिएको धुवाँ ‘हाइड्रोलिक पाइप’ मा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ।टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार, इस्तानबुल–काठमाडौँ उडान भरेको टीके– ७२६ नम्बरको जहाज  सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण भएको थियो। तर, अवतरणपछि धावनमार्गबाट ट्याक्सी–वेतर्फ जाने क्रममा जहाजको अवतरण गियरमा अचानक धुवाँ देखिएको उनको भनाइ छ । 

    images
    images

    धुवाँ देखिए लगत्तै एयर ट्राफिक कन्ट्रोलको निर्देशन र सुरक्षा सावधानीलाई ध्यानमा राख्दै विमानका आपतकालीन ‘स्लाइड’ हरू खोलेर यात्रीहरूको तत्काल उद्धार गरिएको थियो। उस्तुनले घटनामा कोही पनि यात्री वा चालक दलका सदस्य घाइते नभएको बताए । हाल एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच सुरु गरिसकेको छ।  उक्त जहाजबाट इस्तानबुल फर्कनुपर्ने यात्रुहरूका लागि एयरलाइन्सले अर्को थप उडानको व्यवस्था गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend