images

२०८३ आश्विन १७ गते

images
images
images

डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयो सञ्चालनमा

डेढ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयो सञ्चालनमा

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो।

    images
    images

    विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो। बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन्।विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। विमानलाई रनवेमै रोकेर आपतकालीनद्वारबाट यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा २७३ यात्रु र ११ जना चालक दलका सदस्य रहेको उनको भनाइ छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend