images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकले गर्‍यो विद्यालयमा...

कामना सेवा विकास बैंकले गर्‍यो विद्यालयमा स्टेसनरी वितरण

कामना सेवा विकास बैंकले गर्‍यो विद्यालयमा स्टेसनरी वितरण

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय वालिङमार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको हो ।बैंकको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले उक्त आधारभूत विद्यालयका विद्यार्थीलाई कापी, कलम तथा विभिन्न स्टेसनरी सामग्री हस्तान्तरण गरे । विद्यालयमा नर्सरीदेखि कक्षा–८ सम्म अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

    images
    images

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । यसप्रकारका स्टेसनरी सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने उनले बताए ।उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।यसप्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले व्यक्त गरे ।बैंकले आउँदा दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend