images

२०८३ आश्विन २२ गते

images
images
images

उखु किसानको २५ करोड रकम भुक्तानी बाँकी

उखु किसानको २५ करोड रकम भुक्तानी बाँकी

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । सर्लाहीका उखु किसानहरूले एक वर्षदेखिको रकम भुक्तानी नपाएको गुनासो गरेका छन्।

    images
    images

    सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल्सले करिब १५ हजार उखु किसानका झन्डै २५ करोड रकम भुक्तानी नगरेको बुझिएको छ।

    गोडैता नगरपालिकाका उखु किसान हरिश्याम रायले महालग्मी सुगर मिल्सले आफ्नो ५/६ लाख रुपैयाँ नदिएको बताए।

    images
    images

    उनले भने, ‘मिलका प्रमुख विरेन्द्र कनौडियाले नयाँ उखु क्रसर गरेपछि मात्रै पैसा भुक्तानी गर्ने भन्छन्। पहिला कै पैसा नदिएको बेला नयाँ उखु कसरी दिनु। चाडवाडको बेलामा पनि पैसा नहुँदा सँधै पीडा मात्रै हुन्छ।’

    सर्लाही रामनगर गाउँपालिकाका उखु किसान राजेश यादवको पनि गत सिजनको ८ लाख रकम पाउनै बाँकी छ।उनले भने, ‘किसानले मिहिनेत गरेर उखु उत्पादन गर्छन्। तर, उखु मिलका मालिकले कहिल्यै समयमा किसानको रकम दिँदैन। न सम्बन्धित निकायले त्यसका लागि कुनै पहल गर्छ। सँधै किसान मात्रै पीडामा परिरहेका छन्।’

    उनले एक महिना पछि यो सिजनको उखु काट्ने बेला हुने तर, गत वर्षकै रकम नपाउँदा उखु किसान बिचल्लीमा पर्ने गरेको बताए।१० बिघामा उखु खेती गर्दै आएका उनले अब उखु खेतीबाट पलायन हुनुबाहेक अर्को विकल्प नरहेको पनि बताए।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend