images

२०८३ आश्विन १७ गते

images
images
images

मह वास्तविक हो कि नक्कली ? यसरी जाँच्नुस् शुद्धता

मह वास्तविक हो कि नक्कली ? यसरी जाँच्नुस् शुद्धता

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौँ । मह खान त मिठो हुन्छ नै स्वास्थ्यको लागि पनि यो धेरै फाइदाजनक मानिन्छ । तर, आजकल बजारमा धेरै मिसावटयुक्त मह आउन थालेको छ । नाफा बढाउन व्यापारीहरूले चिनीको सिरप, सख्खरको चास्नीजस्ता सामग्रीहरू महमा मिसाउने गर्छन् ।  मिसावट गरिएको महको स्वाद फिक्का हुन्छ । अनि यसले फाइदाको सट्टा स्वास्थ्यलाई उल्टै हानि पुर्याउन सक्छ । त्यसो भए मह सक्कली हो कि मिसावटयुक्त भनेर कसरी चिन्ने त ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।

    images
    images

    पानीमा परीक्षण

    यो सबैभन्दा सजिलो र सही विधि मानिन्छ । शुद्ध महको घनत्व पानी भन्दा बढी हुन्छ, त्यसैले यो पानीमा सजिलै घुल्दैन । एउटा सिसाको गिलासमा सादा पानी भर्नुहोस् । माथिबाट एक चम्चा मह हाल्नुहोस् । यदि मह शुद्ध छ भने यो नघुलीकन सिधै गिलासको तल गएर बस्छ । मिसावट गरिएको मह पानीमा खस्ने बित्तिकै घुल्न थाल्नेछ र पानी धमिलो हुन्छ ।

    images
    images

    औँलाबाट परीक्षण

    महको बनावट र चिपचिपापनले यसको शुद्धताबारे धेरै कुरा प्रकट गर्छ । आफ्नो औँलामा एक थोपा मह राख्नुहोस् । शुद्ध मह एकदमै बाक्लो र चिपचिपे हुन्छ । यो औँलामा एकै ठाउँमा बसिरहन्छ, बग्दैन । मह पातलो छ, छिटो बग्छ, वा यसलाई छालाले सोस्छ भने, यो चास्नी वा पानी मिसाइएको हो भनेर बुझ्दा हुन्छ ।

    पेपर टेस्ट

    वास्तविक महमा धेरै कम ओस हुन्छ । मिसावटयुक्त महमा बढी पानी हुन्छ । सेतो कागज वा ब्लटिंग पेपर लिनुहोस् र त्यसमा महका केही थोपा राख्नुहोस् । मह शुद्ध छ भने यो कागजको सतहमै रहन्छ । कागजले सोस्दैन । मह मिसावटयुक्त छ भने कागजले सोस्नेछ, पछाडि भिजेको दाग बस्छ ।

    ताप परीक्षण

    तताउँदा महको रासायनिक प्रतिक्रियाले यसको शुद्धता प्रकट गर्दछ । माइक्रोवेभमा ३० सेकेन्डको लागि थोरै मात्रामा मह राख्नुहोस् वा चुल्होमा ग्यास सानो खालेर प्यान तताउन राख्नुस् । शुद्ध मह तताउँदा बिस्तारै कारमेलाइज हुन्छ र मिठो बासना आउँछ । पानी वा अन्य पदार्थहरू मिसाइएको मह तातेपछि फिँज बन्छ, फोकाहरु उठ्छ वा जलेको गन्ध आउन सक्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend