images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको...

दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ, २३ वैशाख । सरकारले नेपाल विद्युत् प्राधिकरण को निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई दिएको छ।

    images
    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। श्रेष्ठ हाल प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।

    यसअघि सरकारले राजनीतिक नियुक्ति बदर गर्ने अध्यादेश ल्याएपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए। सोही रिक्त पदमा श्रेष्ठलाई निमित्त जिम्मेवारी दिइएको हो।

    images
    images

    सरकारको यो निर्णयसँगै प्राधिकरणको नेतृत्व फेरिएको छ, जसले आगामी विद्युत् वितरण, सेवा सुधार तथा संस्थागत व्यवस्थापनमा नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend