images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रको विद्युत्...

स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रको विद्युत् सेवा ६५ घण्टापछि पुनः सुचारु

स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रको विद्युत् सेवा ६५ घण्टापछि पुनः सुचारु

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भिर कोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनर्स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको हो ।आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार  सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए । उक्त सूचना मन्त्रालयमा प्राप्त भएसँगै सचिवालय सक्रिय भएको थियो ।

    images
    images

    उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको हेटौँडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो ।स्थानीयवासी, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखाका कर्मचारी तथा बुटवल पावर कम्पनीका प्राविधिक टोलीको सक्रियतासँगै आपत्कालीन अवस्थामा छोटो अवधिमै अन्तर निकायबिच समन्वय गरी सेवा सुचारु भएको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend