images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • विद्युत् सेवाको पहुँचले फेरियाे खैराङका नागरिकको...

विद्युत् सेवाको पहुँचले फेरियाे खैराङका नागरिकको जीवनशैली

विद्युत् सेवाको पहुँचले फेरियाे खैराङका नागरिकको जीवनशैली

images
images
बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • भोजपुर । यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् ।स्थानीय तहको पहल तथा सम्बन्धित निकायको समन्वयमा गाउँबस्तीमा विद्युत् लाइन विस्तार गरिएसँगै अधिकांश घरमा केन्द्रीय प्रसारण लाइन जडान गरिएको वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताए । 

    images
    images

    धेरै मिहिनेतपछि वडाको सबै टोलबस्तीमा विद्युत् सेवा पुर्याउन सफल भएको उनको भनाइ छ । “वडाका सबै स्थानमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएका छौँ”, उनले भने, “विद्युत् सेवा विस्तार भएपछि गाउँबस्तीमा सहजता थपिएको छ ।”पहिले दियो, टुकी, सोलारजस्ता वैकल्पिक माध्यममा निर्भर रहनुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीयवासी दीर्घसिंह कार्कीले बताए । विद्युत् सेवा उपलब्ध भएपछि घरायसी कामकाजदेखि बालबालिकाको अध्ययन–अध्यापनसम्म सहजता भएको उनको भनाइ छ । “पहिले अँध्यारोमा बस्नुपर्ने अवस्था थियो, अहिले उज्यालो भएपछि धेरै सहज भएको छ”, उनले भने ।विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा समेत वृद्धि भएको छ । टेलिभिजन, मोबाइल चार्जिङ, इन्टरनेट प्रयोगजस्ता सेवामा सहजता आएपछि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको कार्कीले बताए ।

    यस्तै, विद्युत् सेवाले साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सकारात्मक प्रभाव पारेको छ । कुटानी–पिसानी मिल, सिलाइ–कटाइ, फर्निचर तथा अन्य उद्यम सञ्चालन गर्न सहज भएपछि स्थानीयस्तरमै रोजगारी सृजना हुने सम्भावना बढेको स्थानीयवासी टङ्कबहादुर दर्जीले बताए ।विद्युत् पहुँचले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमासमेत सहजता थपेको उहाँको भनाइ छ । विद्युत् विस्तारले स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने आधार तयार भएको छ ।केन्द्रीय विद्युत् विस्तारसँगै खैराङ क्षेत्रका नागरिकको जीवनस्तरमा आएको सुधारले ग्रामीण विकासलाई नयाँ गति दिएको स्थानीयको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend