images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • तीन दिनदेखि १३ हजार घरपरिवार विद्युत्...

तीन दिनदेखि १३ हजार घरपरिवार विद्युत् विहीन

तीन दिनदेखि १३ हजार घरपरिवार विद्युत् विहीन

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन्।गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि उनीहरु विद्युत्विहीन भएका हुन् । विद्युत् सेवा उपभोग गरिरहेका वालिङ नगरपालिका र भीरकोट नगरपालिकाका ती उपभोक्ता विद्युत् विहीन भएका हुन्।ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएपछि मर्मतका लागि बुटवल लगिएकामा झन्डै २५ दिन लाग्ने भएपछि वैकल्पिक ट्रान्सफर्मरको व्यवस्थापनमा जुटेको बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेलले जानकारी दिए ।

    images
    images

    “हामीसँग भएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्‍याएकाले मर्मतका लागि बुटवल लगेका छौँ,” उनले भने, “मर्मतका लागि समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणसँग वैकल्पिक ट्रान्सफर्मर प्रयोगका लागि माग गरिएकामा ट्रान्सफर्मर प्राप्त भएको छ, ल्याएर जडान गर्न केही दिन लाग्छ।”सो कम्पनीको वालिङअन्तर्गत करिब १८ हजार ५०० उपभोक्ता छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend