images

२०८३ आश्विन १७ गते

images
images
images

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडाैँ । गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः गहिरो अनुसन्धानको माग गर्दै भारतीय पाइलटहरूको एक समूहले उड्डयन मन्त्रालयमा औपचारिक पत्र बुझाएको छ । उक्त समूहले दुर्घटनाको कारण पाइलटको गल्ती नभई विद्युतीय प्रणालीमा आएको गम्भीर त्रुटि हुन सक्ने दाबी गरेको छ।पाँच हजारभन्दा बढी सदस्य रहेको भारतीय पाइलट महासङ्घले जुन १२, २०२५ मा भएको बोइङ ७८७–८ ड्रीमलाइनर दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अन्तिम प्रतिवेदन आउनुअघि नै थप प्राविधिक अध्ययन आवश्यक रहेको जनाएको छ। उक्त दुर्घटनामा २६० जनाको ज्यान गएको थियो र त्यसले भारतीय उड्डयन इतिहासमै ठुलो मानवीय क्षति पुर्‍याएको थियो।

    images
    images

    न्तर्राष्ट्रिय कानूनअनुसार भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले दुर्घटनापछि जुलाई १२ मा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। पश्चिमी भारतको अहमदाबादबाट उडान भरेको केही समयमै विमानमा आगलागी भएको उक्त घटनाले तत्कालै ठुलो आपतकालीन अवस्था सिर्जना गरेको थियो।१५ पृष्ठ लामो उक्त प्रारम्भिक प्रतिवेदनमा विमानको इन्धन आपूर्ति प्रणाली टक्कर हुनु केही क्षणअघि बन्द भएको उल्लेख गरिएको थियो र यसले सम्भावित पाइलट त्रुटिको प्रश्न उठाएको थियो । तर इन्धन स्विच बन्द हुनु पाइलटको कार्यका कारण हो वा प्राविधिक गडबडीका कारण हो भन्नेबारे प्रतिवेदनले स्पष्ट निष्कर्ष दिएको थिएन।भारतीय पाइलट महासङ्घले मे १ मा पठाएको पत्रमा ‘प्राविधिक नोट’ प्रस्तुत गर्दै थप अनुसन्धान आवश्यक हुने सम्भावित कारण औँल्याएको छ । पत्रमा उडान अघि विद्युतीय प्रणालीमा भएको गडबडीका कारण पाइलटको हस्तक्षेप बिना नै दुवै इन्जिनमा इन्धन आपूर्ति बन्द हुन सक्ने सम्भावना उल्लेख गरिएको छ।

    पत्रमा भनिएको छ, “उडान सुरु हुनुअघि भएको विद्युतीय गडबडीले पाइलटको कुनै पनि इनपुट बिना नै अनपेक्षित रूपमा रिले सञ्चालन र दुवै इन्जिनमा इन्धन आपूर्ति बन्द हुन सक्छ ।”महासङ्घले दुर्घटनाबारे सार्वजनिक भइरहेका केही मिडिया रिपोर्टहरूले घटनालाई केवल पाइलटको गल्तीका रूपमा प्रस्तुत गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि पनि जनाएको छ । साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्डअनुसार सबै सम्भावित प्राविधिक कारणहरूलाई पहिले पूर्ण रूपमा जाँच नगरी निष्कर्षमा पुग्न नहुने उल्लेख गरिएको छ।महासङ्घका अनुसार प्रस्तुत गरिएको विद्युतीय त्रुटिको परिकल्पनालाई परीक्षणयोग्य वैज्ञानिक आधारमा विस्तृत रूपमा विश्लेषण गर्न आवश्यक छ । जबसम्म यस्तो विश्लेषण पूरा हुँदैन, तबसम्म प्राविधिक कारणलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनीहरूको तर्क छ।

    images
    images

    यस दुर्घटनाको एक वर्ष पूरा हुन लाग्दा आगामी महिनासम्म अन्तिम प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर पाइलट समूहको यो नयाँ दाबीले अनुसन्धान प्रक्रियामा थप दबाब सिर्जना गरेको छ र दुर्घटनाको वास्तविक कारणबारे बहस पुनः चर्किएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend