images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ...

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो।

    images
    images

    कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

    उक्त शेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं। १ र २ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ५ लाख १६ हजार कित्ता अन्य प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिनेछ।

    images
    images

    यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ७२ लाख रुपैयाँ बराबरको १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीलाई केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि ६।४० वर्ष र डिस्काउन्टेड पेब्याक अवधि ८।९४ वर्ष रहेको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend