images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कृत्रिम माग देखाएर मूल्यमा अस्वाभाविक प्रभाव...

कृत्रिम माग देखाएर मूल्यमा अस्वाभाविक प्रभाव पार्नेलाई नेप्सेले नियन्त्रण गर्ने

कृत्रिम माग देखाएर मूल्यमा अस्वाभाविक प्रभाव पार्नेलाई नेप्सेले नियन्त्रण गर्ने

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम माग देखाएर मूल्यमा अस्वाभाविक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न कडा चेतावनी दिएको छ।

    images
    images

    बुधबार जारी परिपत्रमार्फत नेप्सेले केही ब्रोकरहरूले लगानीकर्ताको वास्तविक कोल्याटरल क्षमता भन्दा धेरै गुणा बढी रकमको खरिद आदेश राख्ने र पछि त्यस्ता अर्डर रद्द गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो कार्य रोक्न निर्देशन दिएको हो। यस्तो अभ्यासले बजारमा झुटो माग सिर्जना गरी मूल्यलाई कृत्रिम रूपमा माथि–तल गर्न सक्ने जोखिम रहने नेप्सेको भनाइ छ।

    धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) अनुसार अब खरिद आदेश राख्दा अनुमानित कारोबार रकमको कम्तीमा २५ प्रतिशत अग्रिम नगद अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिनेछ। यसले कोल्याटरल सीमा नाघेर गरिने अवास्तविक अर्डर प्रविष्टि नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    नेप्सेको सुपरिवेक्षण शाखाले नियम विपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारवाही गरिने स्पष्ट पारेको छ।

    यो कदमले बजारमा हुने अस्वाभाविक उतारचढाव घटाई पारदर्शिता बढाउने र वास्तविक लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्य राखिएको छ।

    Nepse latter.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend