काठमाडौं, १६ वैशाख । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) भोलि बिहान बाँडफाँड गरिने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे बाँडफाँड प्रक्रिया सम्पन्न गरिने तयारी छ।
उक्त आईपीओमा सर्वसाधारणतर्फ कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरिएकोमा अत्यधिक माग देखिएको छ। कम्पनीका अनुसार कुल २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका छन्।
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथामार्फत शेयर वितरण गरिनेछ। उपलब्ध विवरणअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।
तर माग अत्यधिक भएकाले करिब २५ लाख ६६ हजार आवेदक भने यस पटक आईपीओ नपाई खाली हात फर्किनुपर्ने अवस्था रहेको छ।




.gif)





