काठमाडौँ, १६ वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दाका लागि, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइ बाँडफाँट भइसकेको छ।
अब सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरिएको हो, जसको कुल मूल्य १७ करोड ४३ लाख रुपैयाँ बराबर छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा बैशाख २२ गतेसम्म र ढिलोमा बैशाख ३० गतेसम्म रहनेछ।
रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७।२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।




.gif)





