काठमाडौँ, १६ वैशाख । एभरेष्ट कलर लिमिटेडले आज (बैशाख १६ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने म्याद बैशाख २२ गतेसम्म तोकिएको छ। यदि पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख ३० गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्बा सदस्य शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
यस आईपीओमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।




.gif)





