images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर आवेदन...

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर आवेदन अवधि थप

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर आवेदन अवधि थप

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले चैत २६ गतेदेखि खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा अब वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको हो।

    images
    images

    कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता (१०:१) अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। यस अन्तर्गत २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता शेयर निष्काशन गरिएको हो।

    हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरू मात्र आवेदन दिन योग्य हुनेछन्।

    images
    images

    हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदन बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखाहरू, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर मार्फत सि–आस्वा प्रणाली प्रयोग गरी दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर बाँडफाँटपछि २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend