images

२०८३ आश्विन १६ गते

images
images
images

“सीप, स्वाद र संस्कृतिको संगम”

“सीप, स्वाद र संस्कृतिको संगम”

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • अर्थसमाचार संवाददाता शिव न्यौपाने

    images
    images

    अष्ट्रेलिया । पोखरा, नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायिक पाककलालाई संस्थागत रूप दिन उद्देश्य सहित कास्कीको अर्बामा “भान्सालय नेपाली एथनिक कलिनरी आवासीय स्कुल” सञ्चालनमा ल्याइने भएको छ। प्रख्यात शेफ लक्ष्मण पी. भण्डारी को नेतृत्वमा सुरु हुन लागेको यस स्कुलले नेपाली परम्परागत भोजनलाई आधुनिक शिक्षासँग जोड्ने लक्ष्य लिएको छ।

    करिब २५ वर्षभन्दा बढी अनुभव बोकेका शेफ भण्डारीले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आवासीय पाककला विद्यालय स्थापना गर्न लागेका हुन्। गुल्मीको रूपाकोट स्थायी घर भएका भण्डारी हाल कास्कीको अर्बा फार्म स्टेमा बसोबास गर्दै आएका छन्।

    images
    images

    आवासीय पाककला शिक्षाको नयाँ अभ्यास
    “भान्सालय” अवधारणा अनुसार विद्यार्थीहरूले विद्यालयमै बसेर सिक्ने व्यवस्था हुनेछ। यसले खाना पकाउने सीपसँगै अनुशासन, टोलीगत कार्यशैली र दैनिक जीवन व्यवस्थापनका सीपहरू विकास गर्ने लक्ष्य राखिएको छ।

    स्कुलमा परम्परागत नेपाली खाना पकाउने विधिदेखि आधुनिक फ्युजन परिकारसम्म सिकाइनेछ। साथै, प्रत्येक परिकारसँग सम्बन्धित पोषण मूल्य, खाना पकाउने प्रविधि र प्रस्तुतीकरणमा विशेष ध्यान दिइने बताइएको छ।

    तालिम प्याकेज, स्कुलले विभिन्न अवधिका आवासीय तालिम कार्यक्रम सार्वजनिक गरेको छः
    ३ दिन २ रातः २० नेपाली परिकार, पोषण जानकारीसहित–रु. २०,०००, ५ दिन ४ रातः ३५ परिकार, विस्तृत प्रविधिसहित–रु. २३,०००, ७ दिन ६ रातः ५० परिकार, पोषण विवरण र बाइन्डिङ पुस्तकसहित–रु. ३२,०००, सबै प्याकेजमा फुल बोर्ड (खाना र आवास) सुविधा समावेश गरिएको छ।

    नेपाली भान्साको संरक्षणमा जोड ,स्कुलले सिलौटो, ओखल, माटोका भाँडाजस्ता परम्परागत भान्साका सामग्रीको प्रयोगमार्फत सांस्कृतिक ज्ञान पनि प्रदान गर्नेछ। यसले नयाँ पुस्तालाई आफ्नै खाद्य परम्पराप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    लक्ष्य, यस पहलको मुख्य उद्देश्य नेपाली मौलिक खानालाई विश्वस्तरमा प्रवर्द्धन गर्नु, दक्ष कुक उत्पादन गर्नु र आतिथ्य सत्कार क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु रहेको छ।

    शेफ भण्डारीका अनुसार, “नेपाली खानामा अपार सम्भावना छ। यसलाई व्यवस्थित रूपमा सिकाएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने समय आएको छ।”

    यो आवासीय पाककला विद्यालयले शिक्षा, सीप र संस्कृतिलाई एउटै छानामुनि जोड्दै नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend