images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा २६.१६ अंकको गिरावट, १२...

सेयर बजारमा २६.१६ अंकको गिरावट, १२ समूहको उपसूचक राताम्मे

सेयर बजारमा २६.१६ अंकको गिरावट, १२ समूहको उपसूचक राताम्मे

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ, १५ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा बन्द भएको छ। बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको देखिएको छ।

    images
    images

    सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको थियो भने उक्त दिन ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

    मंगलबार भने कुल ३४९ स्क्रिप्सका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

    images
    images

    कारोबार भएका कम्पनीमध्ये ४२ वटाको सेयर मूल्य बढ्दा २१३ वटाको घटेको छ भने १४ वटा स्थिर रहेका छन्। यस दिन कुनै पनि कम्पनी सकारात्मक सर्किट लेभलमा पुगेन।

    यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज शीर्ष स्थानमा रह्यो। सो कम्पनीको करिब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स (३४ करोड), कर्पोरेट डेभलपमेन्ट बैंक (३० करोड), सोलु हाइड्रोपावर (२८ करोड) र कुमारी बैंक (२२ करोड) क्रमशः बढी कारोबार भएका कम्पनी बने।

    यस दिन अदर्श समूहको उपसूचक बाहेक बाँकी १२ वटै समूहको उपसूचक नकारात्मक देखिएको छ, जसले बजारमा व्यापक दबाब रहेको संकेत गरेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend