images

२०८३ आश्विन १८ गते

images
images
images

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • बागमती, १५ वैशाख । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । 

    images
    images

    प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढ्ेको हो । 

    पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुल्ला गरिएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरु क्रम बढेको छ”, निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भने, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।” 

    images
    images

    उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को नौ महिनाको अवधिमा ४१३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकहरुमा सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताएका छन । “सरदर वार्षिक एक हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन्”, सूचना अधिकारी भगतले भन्नुभयो, “खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम सुरु भएपछि बन्द हुन्छ । वैशाखदेखि असोज महिनासम्म पर्यटक खासै आउँदैन्”, उनले भन्े। 

    निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरु पर्यटकको प्रमुख आकर्षणको केन्द बनेको हो । “निकुञ्जभित्रको हरियाली मनोरम दृश्य र वन्यजन्तुहरुले पर्यटकलाई लोभ्याइरहेको छ”, स्थानीय सुभाष बुढाथोकीले भने, “यहाँ आउने पर्यटकहरु निकुञ्जभित्र घुम्ने र हात्ती सफारी गर्ने गर्छन् ।” 

    पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र पानीको सहजका लागि ठाउँठाउँमा कृतिम पोखरी निर्माण गरेसँगै ती पोखरीहरुमा ट्याङ्करबाट पानी हालेपछि पाटेबाघसहितका वनजन्तुहरुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ । 

    निकुञ्जले प्राकृतिक रुपमा कृतिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताएका छन । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।

    निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाइ छ ।

    निकुञ्जभित्र आउने नेपाली पर्यटकका लागि रु १००, सार्क मुलुकभित्रका पर्यटकका लागि रु ७५० र विदेशी पर्यटकका लागि रु एक हजार ५०० प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै जिप सफारीका लागि रु दुई हजार ५०० र गाईडका लागि वार्षिक रु एक हजार ५०० शुल्क तोकिएको प्रमुख खतिवडाले बताएका छन । निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend