काठमाडौँ, १५ वैशाख । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। यस सेसनमा नेप्से परिसूचक ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको हो।
प्रि–ओपन कारोबार अवधिमा कुल ७२ वटा स्क्रिप्सको २३ हजार १६० कित्ता सेयर किनबेच हुँदा १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँ बराबरको कारोबार भएको छ।
मूल्य परिवर्तनतर्फ हेर्दा, कारोबारमा सहभागी स्टक्समध्ये २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटा कम्पनीको मूल्य घटेको देखिएको छ। बाँकी १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
प्रि–ओपन सेसनमा देखिएको यो सामान्य वृद्धि लगानीकर्ताको मिश्रित मनोविज्ञानलाई संकेत गर्ने विश्लेषकहरू बताउँछन्। बजार खुलेपछि भने समग्र कारोबारको दिशा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।




.gif)





