images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रको...

उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रको गम्भीर आपत्ति

उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडप्रति निजी क्षेत्रको गम्भीर आपत्ति

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौँ । निजी क्षेत्रले अनुसन्धानका नाममा उद्योगी व्यवसायीलाई अनावश्यक रूपमा हिरासतमा राख्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। यस्तो अभ्यासले देशको लगानी वातावरणमा नकारात्मक असर पार्नुका साथै उद्यमशीलता र रोजगारी सृजनामा प्रतिकूल प्रभाव पार्ने निजी क्षेत्रको भनाइ छ।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार तथा व्यवसायिक समूहले जारी गरेको धारणा अनुसार, हालैका दिनहरूमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा लगायत केही उद्योगी व्यवसायीलाई नियन्त्रणमा लिइएको घटनाले निजी क्षेत्रमाथिको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ।

    वक्तव्यमा कुनै पनि आरोपको निष्पक्ष छानबिन र कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिलाई अपराधीसरह व्यवहार गर्नु विधिको शासनको मूल मर्मविपरीत हुने उल्लेख गरिएको छ। अनुसन्धान आवश्यक भए पनि त्यो पारदर्शी, कानुनी प्रक्रिया अनुरूप र व्यक्तिको मर्यादालाई सम्मान गर्दै हुनुपर्नेमा जोड दिइएको छ।

    images
    images

    निजी क्षेत्रले अनुसन्धानकै नाममा प्रतिष्ठा हनन गर्ने, मानसिक दबाब सिर्जना गर्ने तथा व्यवसाय सञ्चालनमा अवरोध पुर्‍याउने कार्य उचित नभएको बताएको छ। दोष प्रमाणित भएपछि मात्र कारबाही हुनुपर्ने उनीहरूको धारणा छ।

    देश हाल आर्थिक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै वक्तव्यमा सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र संवाद अपरिहार्य रहेको उल्लेख छ। तर यस्ता घटनाले लगानीको वातावरणमा असुरक्षा, अन्योल र भय सिर्जना गर्न सक्ने र त्यसले आर्थिक गतिविधिमा असर पार्न सक्ने चेतावनी दिइएको छ।

    निजी क्षेत्रले स्थिर सरकार गठनसँगै लगानीमैत्री वातावरण बन्ने अपेक्षा भइरहेका बेला यस्ता गतिविधिले नकारात्मक सन्देश जाने भएकाले सबै पक्षले सोचविचार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।

    “निजी क्षेत्रको सम्मान र सुरक्षित व्यावसायिक वातावरण बिना देशको आर्थिक विकास सम्भव छैन,” भन्दै सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend