images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन,...
होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन

होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशभर विस्तार योजना

होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशभर विस्तार योजना

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौँ । नेपालमा होण्डा सवारीका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले नयाँ प्रिमियम सर्भिस सेन्टर विस्तार अभियान सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।

    images
    images

    यसैक्रममा, त्रिपुरेश्वरस्थित (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) सेवा केन्द्र र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई प्रिमियम सर्भिस सेन्टरहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा होण्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया–ओसियाना क्षेत्रीय एकाइ प्रमुख तोसिओ कुवाहारा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो।

    कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” भन्ने अवधारणा अघि सारेको छ, जसअन्तर्गत ग्राहकहरूले अतिरिक्त शुल्क बिना उच्चस्तरीय सेवा अनुभव गर्न सक्नेछन्। स्याकार ट्रेडिङले ग्राहक केन्द्रित (कस्टमर फर्स्ट) दृष्टिकोण अपनाउँदै सेवा प्रक्रियालाई अझ प्रभावकारी, छिटो र सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

    images
    images

    मुख्य विशेषताहरू
    पहिलेकै मूल्यमा प्रिमियम सेवा: अतिरिक्त लागत बिना गुणस्तरीय सेवा
    प्रिमियम ग्राहक अनुभव: अन्तर्राष्ट्रिय स्तरको सेवा प्रणाली
    कस्टमर फर्स्ट एप्रोच: ग्राहक सन्तुष्टिलाई प्राथमिकता
    वल्र्ड क्लास सर्भिस सेन्टर: दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा
    थ्रीएस (3S) सुविधा: शोरुम, सर्भिस र जेन्युन पार्ट्स एकै स्थानमा

    यसका साथै, सेवा केन्द्रहरूमा अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली, फास्ट सर्भिस बे, जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता तथा आरामदायी वेटिङ लाउन्जको व्यवस्था गरिएको छ। ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स र कफीको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    स्याकार ट्रेडिङका अनुसार, आगामी दिनमा थप सेवा केन्द्र विस्तार गर्दै देशभर होण्डा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव उपलब्ध गराउने लक्ष्य लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend