काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले अब प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने तथा रुजु गर्ने चरणमा प्रवेश गरेको जनाएको छ।

बोर्डका सदस्य–सचिव जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी तीव्र गतिमा अघि बढाइएको छ। उनका अनुसार परीक्षार्थीको प्राप्ताङ्क प्रविष्ट गर्ने काम एक–दुई दिनभित्र सम्पन्न गरी त्यसपछि रुजु प्रक्रिया सुरु गरिनेछ।
रुजुका क्रममा कुनै प्राविधिक समस्या नदेखिएमा यही वैशाखको चौथो सातासम्म नतिजा सार्वजनिक गर्ने योजना रहेको बोर्डले जनाएको छ।
यस वर्ष एसईई परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गते सम्पन्न भएको थियो। देशभरबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्।




.gif)





