images

२०८३ आश्विन १७ गते

images
images
images

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

images
images
शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • सिरहा, १२ वैशाख । यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा नं १७ मा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी नियमित रूपमा यस्ता शिविर सञ्चालन गर्दै आएको हो ।

    images
    images

    शिविरअन्तर्गत मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिँदै आएको छ । शिविर उद्घाटन गर्दै नगरप्रमुख चौधरीले नगरलाई मोतियाविन्दु मुक्त बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । “आर्थिक अभावका कारण कुनै पनि नगरवासी आँखासम्बन्धी समस्याबाट पीडित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार शिविरसँग सम्बन्धित सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।

    यस वर्ष वडा नं १७ बाट सुरु गरिएको शिविर नगरका सबै २४ वटै वडामा सञ्चालन गरिनेछ । साथै, मोतियाविन्दु पहिचान भएका बिरामीलाई नगरबस मार्फत अस्पतालसम्म ल्याउने पुर्‍याउने व्यवस्था निःशुल्क गरिएको छ ।

    images
    images

    सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लहान नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएका शिविर मार्फत १७ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच गरिएको छ । तीमध्ये करिब दुई हजार ५०० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने आठ हजारभन्दा बढीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको छ ।

    अस्पतालले नेपाल तथा भारतका वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीको उपचार गर्दै आएको छ । साथै, विभिन्न स्थानीय तहसँगको सहकार्यमा दक्ष जनशक्ति र आधुनिक प्रविधिसहित आँखा जाँच शिविरलाई निरन्तरता दिँदै आइएको अस्पतालले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend