images

२०८३ आश्विन १६ गते

images
images
images

अत्याधुनिक प्रयोगशालासहित पाककला तालिम भवन उद्घाटन

अत्याधुनिक प्रयोगशालासहित पाककला तालिम भवन उद्घाटन

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • पोखरा, वैशाख ११ । रोजगारीमुखी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिका–३३ स्थित श्री सरस्वती टीका माध्यमिक विद्यालयमा पाककला (कुक) तालिमका लागि अत्याधुनिक प्रयोगशालासहितको भवन उद्घाटन गरिएको छ।

    images
    images

    साेड नेपालले शिक्षा विकास कार्यक्रमलाई निरन्तरता दिँदै ड्रिम सेयरिङ फाउन्डेसन (꿈나눔재단) र पोखरा महानगरपालिकासँगको सहकार्यमा उक्त भवन निर्माण गरेको हो। नव-निर्मित संरचना प्राविधिक धाराअन्तर्गत पाककला तालिम सञ्चालनका लागि तयार गरिएको हो।

    उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, साेड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ, ड्रिम सेयरिङ फाउन्डेसनका नेपाल प्रतिनिधि अर्जुनकुमार पाण्डे, वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, शिक्षा शाखा प्रमुख हेम आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद पराजुली तथा विद्यालयका प्रधानाध्यापक सूर्यराज अधिकारीलगायतको उपस्थिति रहेको थियो।

    images
    images

    कार्यक्रम कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ। नियमित पठनपाठनसँगै अतिरिक्त कक्षाका रूपमा सञ्चालन हुने तालिममार्फत विद्यार्थीहरूले कक्षा १२ पूरा गर्दा पाककलासम्बन्धी व्यावहारिक सीप समेत हासिल गर्नेछन्।

    यस पहलले विद्यार्थीहरूमा सीप विकास गरी स्वदेशमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना हुने विश्वास गरिएको छ। साथै, कार्यक्रमले युवालाई आत्मनिर्भर बनाउँदै उज्ज्वल भविष्यतर्फ अग्रसर गराउने लक्ष्य लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend