images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • एकै पटक धेरै पुस्तक प्रकाशन गरेर...

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • img

    images
    images

    काठमाडौँ, ११ वैशाख । जति टाढा उति देशको माया गाढा । यो उक्ति खासमा लामो समय अष्ट्रेलिया बसोबास गरेका खेम शर्मालाई सुहाउँछ । किनकी उहाँको कर्म विदेशी भूमिमा भए पनि स्वदेशको मुहान फेर्ने काममा बढी केन्द्रित छ । तर अहिले पनि केही वर्षदेखि यहाँ नेपालमै बस्न थालेका छन । केही नयाँ गरौँ, देशको मुहार फेरौँ भन्ने ध्येयका कारण नै आफूलाई जन्मभूमिले तानेको उनको अनुभव छ  

    हेर्दा, सुन्दा सामान्य लाग्ने सरसफाइको काम अनुशासनको पहिलो मानक नै हो । तर सरसफाइलाई उहाँले कुनै पनि व्यक्ति या राष्ट्रकै समृद्धिको पहिलो खुड्किलो हो भनेका छन । उनले सुरुमा अष्ट्रेलिया र पछिल्ला वर्षहरूमा नेपालमै सरसफाइ अभियानमा गरेको काम देखेर नेपाली समाजलाई सिक्न बाध्य बनायो । एक दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सफा गरेर उहाँले सरसफाइ कस्तो हुनुपर्छ भन्ने एउटा मानक नै प्रस्तुत गरेका छन । 

    images
    images

    मुलुकलाई समृद्ध बनाउन हरेक नागरिकको जागरण आवश्यक रहेको बताउने शर्माको देशका लागि केही गरौँ भन्ने हुटहुटी यसपटक भने पुस्तकका रूपमा बाहिर आएको छ । यो पटक शर्माले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेर विभिन्न शीर्षकका २४ वटा पुस्तक डिजिटल स्वरूपमा प्रकाशन गरेर विश्व कीर्तिमान राख्न सफल भएका छन ।   

    राष्ट्र निर्माणमा केन्द्रित रेहेर एउटै लेखकले एकैपटकमा फरक शीर्षकका धेरै पुस्तक प्रकाशन गरेकाले उहाँलाई आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरियो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र प्रदान गरेका छन ।   

    ‘रक्षा’, ‘गृह’, ‘परराष्ट्र’, ‘अर्थ’, ‘भूमि व्यवस्था’, ‘सहकारी तथा गरिबी निवारण’, ‘खानेपानी सरसफाइ तथा फोहर व्यवस्थापन’, ‘कृषि तथा पशुपन्छी विकास’, ‘श्रम तथा रोजगार’, ‘यातायात तथा नागरिक उड्डयन’, ‘शिक्षा’, ‘विज्ञान तथा प्रविधि’, ‘संस्कृति तथा पर्यटन’, ‘सञ्चार तथा सूचना प्रविधि’, ‘स्वास्थ्य तथा जनसङ्ख्या’, ‘सामाजिक विकास’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’, ‘युवा तथा खेलकुद’, ‘सहरी विकास’, ‘वन तथा वातावरण’, ‘कानुन, न्याय तथा संसदीय मामिला’, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ’, ‘उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार’, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन’ गरी विभिन्न शीर्षकका यी पुस्तकको डिजिटल प्रकाशन आज सार्वजनिक गरिएको हो । 

    शर्माका यी डिजिटल पुस्तकहरूले विश्व कीर्तिमानमा नाम दर्ज गर्न सफल भएको छ । राष्ट्र निर्माणमा केन्द्रित रहेर एउटै लेखकले एकै पटक धेरै पुस्तक लेखेको विषयमा उनलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिइएको हो । ती सबै पुस्तक छ लाखभन्दा बढी शब्दका छन् । ती पुस्तकको विमोचनसँगै राष्ट्रियसभाका अध्यक्ष दाहालले शर्मालाई विश्व कीर्तिमानबाट प्राप्त प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरेका छन ।  

    पुस्तक लेख्दाका अनुभव साट्दै शर्माले आफू धेरै रात अनिद्रा रहेको बताएका छन । उनका अनुसार राष्ट्र निर्माणमा दृष्टिकोणको आवश्यक पर्छ । जुन यतिबेला मुलुकमा खाँचो छ । त्यसैले नेपालका मन्त्रालयहरूकै शीर्षक राखेर ती मन्त्रालयले के कस्तो काम गर्दा देश बन्छ भन्ने विषयलाई यी पुस्तकमा समेटिएको उनको भनाइ थियो । 

    विमानस्थलमा सफाइको नमूना पेस गरेपछि त्यस लगत्तै पशुपतिनाथ क्षेत्र हुँदै नेपालका धेरै क्षेत्रमा सरसफाइएको अभियान नै चल्यो र त्यसको नेतृत्व उनहाँले नै गरे। त्यसैले उनको पहिचान सफाइ अभियन्ता बन्न पुग्यो । अहिले  त्यसैमा आफूलाई चिनाउन उनलाई रुची लाग्छ । 

    “हामीजस्ता सचेत मान्छेले नै फोहर गरेको हो विमानस्थल”, उहाँले उक्त अभियान सम्झँदै भन्नुभयो, “अनि हामीले नै सफा नगरे कसले गर्छ रु रूपान्तरण आफैँबाट जरुरी छ नि । त्यसैले ग¥यौँ र एउटा मानक बनायौँ पनि । त्यसैले अब फोहर नगरौँ, त्यसो भएपछि सफा गर्नै पर्दैन ।” 

    एनआरएनद्वारा अयोजना भएको आजको सो कार्यक्रममा विश्वभर विभिन्न देशमा रहेका नेपालीहरूको अनुवभलाई जोड्ने संयन्त्रका रूपमा एनआरएन हुनुपर्ने धारणा उनले राखेका छन । त्यसैले हालै प्रकाशित पुस्तक सङ्ग्रह बिक्रीबाट भविष्यमा प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रकम ‘ज्ञान मञ्च’ निर्माणमा योगदान गर्ने उनले बताएका छन ।

    “मेरो उद्देश्य पुस्तक बेचेर रोकिनु मात्रै होइन, विचारलाई संरचनामा, संरचनालाई संवादमा र संवादलाई राष्ट्र निर्माणमा बदल्नु हो”, उनले भने, “अब हामी नेपाली नागरिक भएर सोच्नुपर्ने बेला आएको छ । विचार, धारणा फरक हुन सक्छ तर, देश साझा हो ।”  उनले राष्ट्रिय पक्षमा साझा नागरिक चेतनाको निर्माण गर्न विचारको चिन्तन आवश्यक आधार रहेको बताएका छन ।

    शर्मा यस लगत्तै देश विकास र समृद्धिका लागि मार्च पहिचान गर्ने र त्यसपछि थप दुई पुस्तक प्रकाशन गर्ने तयारीमा हुनुहुन्छ । उनको विचारमा प्रवासी नेपालीहरू केवल रेमिट्यान्सका स्रोत मात्रै होइनन् । उनीहरू ज्ञान, अनुभव, दृष्टि र राष्ट्रियताप्रति गम्भीर रहेको उनले बताएका छन ।

    यसै धारणाबाट प्रेरित भएर यो वर्षभित्र नेपालको ७७ वटै जिल्लाको सम्भावना, रूपान्तरण र मार्गचित्रमाथि पहिलो र विश्वमै फैलिएका एनआरएनबाट नेपालले के सिक्न सक्छ भन्ने विषयमा दोस्रो पुस्तक लेख्ने जानकारी दिएका छन ।  

    कार्यक्रममा उनको पुस्तकलाई समीक्षा गर्दै डा सुरेश तिवारीले देशको समृद्धिका आधारशिलाका रूपमा शर्माका पुस्तक प्रकाशित भएको बताएका छन । यी पुस्तक पढेर व्यवहारमा उतार्न सकिएमा नेपालमा विकासका ढोका धेरै खुल्ने उनको दाबी थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend