images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा...

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी डिजिटल कार्डको प्रयोग अनिवार्य गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।बोर्डले जारी गरेको सूचनाअनुसार, बिरामीसँग भौतिक बीमा कार्ड नभएको अवस्थामा पनि नागरिक एप वा  एच आइ बी प्रोफाइलमा रहेको डिजिटल कार्डमार्फत क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यससम्बन्धी निर्णय २०८० फागुन २४ गते बसेको बोर्ड बैठकबाट भइसकेको र सोही आधारमा परिपत्र समेत जारी गरिएको जनाइएको छ ।

    images
    images

    तर केही स्वास्थ्य संस्थाहरूले डिजिटल कार्डमार्फत सेवा नदिएको गुनासो आएपछि बोर्डले उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पुनः निर्देशन दिएको हो । अब सबै सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्डलाई अनिवार्य रूपमा स्वीकार गरी बीमितलाई सेवा दिनुपर्ने बोर्डले स्पष्ट पारेको छ ।वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा। पवन कुमार साहद्वारा हस्ताक्षरित सूचनामा बीमितको सुविधालाई प्राथमिकतामा राख्दै प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरिएको छ ।यस निर्णयसँगै स्वास्थ्य बीमा सेवा थप सहज, छिटो र कागजरहित हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend