images

२०८३ आश्विन १७ गते

images
images
images

ओपिडी सेवा नखुम्च्याउन पौडेलको आग्रह

ओपिडी सेवा नखुम्च्याउन पौडेलको आग्रह

images
images
बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनहरूमा पनि सरकारी अस्पतालमा ओपिडी सेवा नियमित सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।उनले हालका दिनमा बिदाको समयमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरूले अनावश्यक सास्ती खेप्नुपरेको उल्लेख गरेका छन्। सरकारी अस्पतालमा सेवा बन्द हुँदा नागरिकहरू निजी अस्पताल धाउन बाध्य हुने र यसले उनीहरूको आर्थिक भार बढाएको उनको भनाइ छ।

    images
    images

    पौडेलका अनुसार सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवा ओपिडी सेवा सीमित हुँदा झन् पहुँचबाहिर गएको छ। त्यसैले उनले बिरामीको समस्या समाधान गर्न र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न ओपिडी सेवा नखुम्च्याउन सरकारलाई आग्रह गरेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend