images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • “महासङ्घमा १८ वस्तुगत सङ्घको धर्ना, सदस्यता...

“महासङ्घमा १८ वस्तुगत सङ्घको धर्ना, सदस्यता विवाद चर्कियो”

“महासङ्घमा १८ वस्तुगत सङ्घको धर्ना, सदस्यता विवाद चर्कियो”

images
images
बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ को प्राङ्गणमा १८ वटा वस्तुगत सङ्घले सदस्यता कायम गर्न माग गर्दै धर्ना दिएका छन्। महासङ्घको केन्द्रीय कार्यकारिणी समितिको बैठक चलिरहँदा उनीहरूले दबाबस्वरूप प्रदर्शन गरेका हुन्।

    images
    images

    सदस्यता विवाद लामो समयदेखि चल्दै आएको छ र यो मुद्दा अदालत सम्म पुगेको छ। उच्च अदालत पाटन ले सदस्यता विवाद टुङ्ग्याएर मात्र साधारण सभा गर्न निर्देशन दिएको थियो। सोही आदेशका कारण गत चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा स्थगित गरिएको थियो।

    सदस्यता सिफारिस समितिले १८ वटै वस्तुगत सङ्घलाई सदस्यता दिन नसकिने भन्दै कारण सहित प्रतिवेदन बुझाएको छ। तर उक्त प्रतिवेदन संयोजक गोल्छाको एकल निर्णय भएको दाबी गर्दै महासङ्घ भित्रै असन्तुष्टि बढेको छ। बैठकमा पेश गर्नुपर्ने प्रतिवेदन एक दिनअघि नै सार्वजनिक हुनु पनि अनुशासन विपरीत भएको भन्दै आलोचना भइरहेको छ।

    images
    images

    महासङ्घले अब वैशाख २१ र २२ गते साधारण सभा गर्ने तयारी गरेको छ। तर सदस्यता विवाद समाधान नभएसम्म अघि बढ्न नसकिने अडानमा रहेका ती १८ सङ्घले आवश्यकता परे पुनः अदालत जाने चेतावनी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend