images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • विद्युतीय गाडीको आयातमा गिरावट, पेट्रोल कारको...

विद्युतीय गाडीको आयातमा गिरावट, पेट्रोल कारको माग ५० प्रतिशतले बढ्यो

विद्युतीय गाडीको आयातमा गिरावट, पेट्रोल कारको माग ५० प्रतिशतले बढ्यो

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । नेपालमा पछिल्लो समय निकै लोभलाग्दो बनेको विद्युतीय सवारी साधन (ईभी) को आयातमा चालू आर्थिक वर्षमा गिरावट देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कारको आयात अघिल्लो वर्षको तुलनामा झन्डै १० प्रतिशतले घटेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको चैत मसान्तसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार भित्रिएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। भन्सार विभागका अनुसार नौ महिनाको अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय कार नेपाल भित्रिएका छन्।यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

    images
    images

    आयातित गाडीहरूमध्ये ५१ देखि १०० किलोवाट क्षमताका गाडीहरूको संख्या सबैभन्दा धेरै अर्थात् ४ हजार ८३ युनिट रहेको छ। त्यस्तै, ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५ सय ७४ युनिट र २०१ किलोवाट माथिका ८ युनिट विद्युतीय कार भित्रिएका छन्।विद्युतीय गाडीको आयात घटिरहँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा भने उल्लेख्य वृद्धि भएको छ। नौ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो। 

    गत वर्ष चैतसम्म जम्मा २ हजार ७४२ युनिट पेट्रोल कार मात्र भित्रिएको थियो। बजारमा इन्धनबाट चल्ने गाडीको माग एक्कासि बढेपछि आयातमा यस्तो उछाल आएको हो।मुलुकमा एकातिर इन्धन संकटको जोखिम चुलिँदै जाने र अर्कोतिर विद्युतीय गाडीको सट्टा इन्धन खपत गर्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा नयाँ चुनौती थपिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend