images

२०८३ आश्विन १६ गते

images
images
images

तीन अर्ब ५८ करोड राजस्व संकलन

तीन अर्ब ५८ करोड राजस्व संकलन

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • झापाः मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ। उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो।

    images
    images

    चालु आव २०८१।८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए। आव २०८०।८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ संकलन भएको थियो।

    उक्त रकम भन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो। आव २०८०।८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो।

    images
    images

    आव २०८१।८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्वको लक्ष्य घटाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend