images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सहकारी ठगी तथा संगठित अपराध मुद्दामा...

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्रीलाई आज अदालत पेश गरिँदै

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्रीलाई आज अदालत पेश गरिँदै

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • पोखराः सहकारीको रकम अपचलन तथा संगठित अपराधमा जोडिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति लिनलाई उनलाई अदालतमा पेश गर्ने तयारी गरेको हो ।

    शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई शनिबार विहान कास्की ल्याइएको थियो ।

    images
    images

    शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेश गरेर प्रहरीले म्याद लिनेछ । पूर्वगृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    सरकारले प्रतिवेदन कार्यन्वयनका लागि प्रहरीलाई निर्देशन दिएको छ । यसअघि असोज ६ गते गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् ।

    उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतले शुक्रबार ६ दिनको म्याद दिएको छ । गोरखा मिडिया नेटवर्कमा रवि, छविसहित ४ जना सञ्चालक रहेको पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष समेत रहेका कुमार रम्तेल कास्की कारागारमा छन् ।

    उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो । रकम अपचलनका मुख्य नाइके सहकारीका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु राई (जीबी) भने फरार छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend