images

२०८३ आश्विन १८ गते

images
images
images

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढ्यो

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत बढेको छ ।

    images
    images

    बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ भने बैंकको निष्क्रिय कर्जा ४.४ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसामा झरेको छ ।बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend