images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि...

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

images
images
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।नयाँ निर्देशनअनुसार अब अनुमतिपत्र प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर सङ्कलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ जारी गर्न सक्नेछन् ।

    images
    images

    यस व्यवस्थाले सडकमा दस्तुर तिर्नका लागि सवारी साधन लामो समय लाइन बस्नुपर्ने झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । सवारी धनीले बैंकबाट यस्तो प्रिपेड ट्याग वा कार्ड लिएर आफ्नो सवारीमा जडान गरेपछि टोल प्लाजाहरूमा सवारी नरोकीकन स्वतः दस्तुर भुक्तानी हुनेछ ।डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीति अनुरूप राष्ट्र बैंकले यो कदम चालेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend