images

२०८३ आश्विन १६ गते

images
images
images

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

images
images
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ ।

    images
    images

    अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पुरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म भएका छन् ।

    पूँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङ्‍कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रुपैँया रहेको छ । रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने व्याजदर घटेर औषत ६.१५१ प्रतिशत कायम भएको छ ।

    images
    images

    तीन महिनाका महत्वपूर्ण कार्यहरूः

    १. बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाईएको छ।

    २. यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ। यसबाट हालसम्मको चालु, पूँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको छ ।

    ३. मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ गरिएको छ।

    ४. राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गरिएको छ।

    ५. अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन ९क्रेडिट रेटिङ० को कार्य अगाडि बढाई प्रतिवेदन प्राप्‍त गर्ने चरणमा रहेको छ।

    ६. नयाँ बीमा नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेश गरिएको छ।

    ७. साना तथा मझौला सङ्‍गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०८१ मन्त्रिपरिषद्‍मा पेश गरिएको छ।

    ८. आन्तरिक राजस्व परिचालन रणनीति, द्दण्डज्ञ स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको छ।

    ९. भन्सार मूल्याङ्कनलाई यथार्थ कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गरिएको छ।

    १०.   भन्सार महसुल नियमावली, २०८१ तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेश गरिएको छ। यसबाट भन्सार प्रकृया थप सरलीकृत हुनेछ।

    ११.   सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति तर्जुमा गरी मन्त्रिपरिषद्‍मा पेश गरिएको छ।

    १२.   आन्तरिक ऋण निष्काशन तथा व्यवस्थापन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याईएको छ।

    १३.   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, द्दण्ठट को संशोधन विधेयक सङ्‍घीय संसदमा पेश गरिएको छ।

    १४.।   तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गरिएको छ।

    १५.   बिरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयमा ल्याव मोड्युल सुरु गरिएको छ।

    १६.   भन्सार प्रज्ञापनपत्रको मुख्यमुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई ईमेल मार्फत जानकारी गराउने प्रणाली सुरु गरिएको छ।

    १७.   नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण कार्य भएको छ।

    १८.   आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, द्दण्डज्ञ तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार ९ मन्त्रिपरिषद्० मा पेश गरिएको छ।

    १९।   हस्तान्तरण मूल्य सम्बन्धी निर्देशिका, द्दण्डज्ञ तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ।

    २०.   वार्षिक द्दछ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने ४०० भन्दा बढी करदाताको कारोबारलाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गरिएको छ।

    २१.   अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, बियर, चुरोट, सूर्तीजन्य वस्तु, इनर्जी ड्रिङ्कस र जुसको व्यावसायिक उत्पादन गर्ने एक सय भन्दा बढी उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ।

    २२.   बहुवर्षिय ठेक्का प्रकृयालाई थप व्यवस्थित र कार्यान्वयन योग्य बनाउन पहल गरिएको छ।

    २३.   योजनाहरूको प्राथमिकीकरण गरी बजेट विनियोजन तथा कार्यन्वयनलाई थप प्रभावकारी बनाउने कार्य भएको छ। 

    २४.   दोस्रो वित्तीय क्षेत्र रणनीति निर्माणको कार्य प्रारम्भ गरिएको छ।

    २५.   विकास सहायता सम्बन्धी नयाँ नीति तर्जुमाको कार्य भइरहेको छ।

    २६.   नयाँ बजेट तर्जुमा दिग्दर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ।

    वर्तमान सरकार गठन भएको दुई महिनापछि विश्व बैंक, एसियाली विकास बैंक, आइएमएफ लगायतले नेपालको अर्थतन्त्र सुधारोउन्मुख भएको बताएका थिए ।    

    गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend