images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • तेस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफामा...

तेस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

तेस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

images
images
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त विवरणले संस्थाको नाफा उल्लेखनीयरूपमा बढेको देखाए पनि यस वर्ष पनि लाभांश वितरण नहुने संकेत गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १२ लाख ९८ हजार रुपैयाँको तुलनामा ८ हजार १ सय ३६ दशमलव ९८ प्रतिशतले बढी हो ।

    images
    images

    सञ्चालन गतिविधिमा सुधार आएसँगै संस्थाको आम्दानी र नाफा दुवैमा उल्लेखनीय वृद्धि भएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, सञ्चालन मुनाफा ८३५६.०३ प्रतिशतले उकालो लागेको छ।यद्यपि नाफा उच्च भए पनि वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेकाले यस वर्ष पनि शेयरधनीले लाभांश नपाउने सम्भावना बलियो देखिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend