काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बैंकले यस वर्षलाई ‘डिजिटल प्रवर्द्धन वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ।बैंकले सार्वजनिक गरेको योजनाअनुसार ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एपमार्फत सक्रिय मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेमा गोलाप्रथामार्फत ३ जना विजेता छनोट गरिनेछ।
विजेता तीन जनाले आफ्नो जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमण गर्ने आकर्षक आन्तरिक पर्यटन प्याकेज प्राप्त गर्नेछन्।डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले गर्ने विभिन्न डिजिटल कारोबारबापत प्राप्त हुने रिवार्ड पोइन्ट प्रणालीलाई पनि विस्तार गरेको छ।प्राप्त ‘फोन पोइन्ट्स रिवार्ड्स’ एपमा जम्मा हुने र उक्त पोइन्ट्स प्रयोग गरी निश्चित शर्तभित्र विभिन्न सामान खरिद तथा सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ। एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा योजना पनि सञ्चालनमा ल्याएको छ।‘महालक्ष्मी घर कर्जा’ अन्तर्गत आवासीय वा व्यापारिक घर–जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद तथा घर थप, पुनर्निर्माण वा मर्मतसम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म कर्जा उपलब्ध गराइनेछ। यस कर्जाको ब्याजदर ७ वर्षसम्म स्थिर रहने व्यवस्था रहेको छ।‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।




.gif)





