लन्डन । स्ट्रेट अफ होर्मुजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सैन्य नाकाबन्दीमा बेलायत सहभागी नहुने भएको छ । बीबीसीका अनुसार बेलायती नौसेना जहाज र सैनिकहरू उक्त नाकाबन्दीमा प्रयोग गरिने छैनन् । यद्यपि, बेलायतले सो क्षेत्रमा आफ्नो सुरक्षा उपस्थितिलाई पूर्ण रूपमा हटाएको भने छैन । बेलायतका माइन स्विपर जहाजहरू तथा एन्टि–ड्रोन क्षमताहरू भने यथावत् रूपमा परिचालनमा रहनेछन् । बेलायती सरकारका प्रवक्ताले भने, ‘हामी स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र रूपमा आवागमनको समर्थन गर्दछौँ,’ विश्व अर्थतन्त्र र घरेलु जीवनयापन लागतलाई टेवा दिन पनि यो मार्ग तत्कालै चाहिएको छ ।’
यसबिच, बेलायती प्रधानमन्त्री किर स्टार्मरले खाडी क्षेत्रको भ्रमण गर्दै त्यहाँका नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले द्वन्द्व प्रभावित देशहरूमा स्थायी समाधानका लागि कूटनीतिक पहलहरूबारे छलफल गरेका छन् ।




.gif)



