images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • नृत्यशैलीबाट चर्चामा शिक्षक होमराज पौडेल, आन्दोलनमा...

नृत्यशैलीबाट चर्चामा शिक्षक होमराज पौडेल, आन्दोलनमा ऐक्यबद्धता र पाककला प्रवर्द्धनमा सक्रिय

नृत्यशैलीबाट चर्चामा शिक्षक होमराज पौडेल, आन्दोलनमा ऐक्यबद्धता र पाककला प्रवर्द्धनमा सक्रिय

images
images
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • अष्ट्रेलिया संवाददाता । कास्की जिल्लामा जन्मिएका होमराज पौडेल राम्रो अवसरको खोजीमा काठमाडौँ सरेर हाल ललितपुरको एक निजी विद्यालयमा अध्यापन गरिरहेका छन्। निजी विद्यालयका शिक्षक भए पनि उनी पछिल्लो शिक्षक आन्दोलनमा सक्रिय रूपमा सहभागी हुँदै सरकारी विद्यालयका शिक्षकहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

    images
    images

    अघिल्लो शिक्षक आन्दोलनदेखि नै आफ्नो फरक नृत्यशैलीका कारण चर्चामा आएका पौडेलले यसपटक पनि शान्तिपूर्ण आन्दोलनमा सहभागिता जनाएका थिए। “म मनोरञ्जनका लागि आन्दोलनमा गएको थिइनँ,” उनले भने, “सम्पूर्ण वातावरण शान्तिपूर्ण थियो, बाहिर हाँसो देखिए पनि भित्रको पीडा उस्तै छ।”

    उनले निजी र सामुदायिक विद्यालयका शिक्षकबीचको भिन्नता भन्दा पेशागत समानता महत्वपूर्ण भएको उल्लेख गरे। “तिनीहरू सामुदायिक विद्यालयका शिक्षक हुन्, म निजी विद्यालयको शिक्षक हुँ। तर हाम्रो पेशा र समस्या उस्तै छन्,” उनले भने, “निजी विद्यालयमा पढाउने भएकै कारण सार्वजनिक विद्यालयका शिक्षकहरूको पक्षमा आवाज उठाउन रोकिनु हुँदैन।”

    images
    images

    उनको नृत्य शैली सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ भने उनी राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका लागि समेत आमन्त्रित भइसकेका छन्।

    यससँगै, पौडेल हाल आफ्नै मिडिया प्लेटफर्महरू युट्युब, टिकटक र फेसबुक मार्फत नेपाली खानाको महत्व र पहिचान प्रवर्द्धनमा सक्रिय छन्। उनले नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ खाद्य शब्दकोश’ मार्फत पाककला सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छन्।

    उनले नेपाली खाद्य परिकारहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पाककला विशेषज्ञ, खाद्य वैज्ञानिक तथा शिक्षकहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend