काठमाडौँ । काठमाडौँ महानगरपालिका ले महानगरभित्रका विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको रगत समूह परीक्षण गर्ने भएको छ।
महानगरका मेडिकल अधिकृत डा.दिवस न्यौपाने का अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने करिब १५ हजार विद्यार्थीको रगत परीक्षण गरी उनीहरूको रक्त समूह पहिचान गरिनेछ।
उनले विद्यार्थीहरूको रगत समूह पहिचान भएपछि विपद् वा आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्दा सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने बताए। “विद्यार्थीहरूको रगत समूहको विवरण तयार भएपछि आवश्यक परेको बेला उनीहरूलाई रक्तदाताको रूपमा परिचालन गर्न सकिन्छ,” उनले भने।
महानगरले वैशाख महिनामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमै पुगेर रगत सङ्कलन तथा परीक्षण गर्ने योजना बनाएको जनाएको छ।




.gif)





