images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अष्ट्रेलियाको भिक्टोरिया राज्यको ऐतिहासिक शहर बल्लारट...

अष्ट्रेलियाको भिक्टोरिया राज्यको ऐतिहासिक शहर बल्लारट नेपाली विद्यार्थी र आप्रवासीका लागि आकर्षण बन्दै

अष्ट्रेलियाको भिक्टोरिया राज्यको ऐतिहासिक शहर बल्लारट नेपाली विद्यार्थी र आप्रवासीका लागि आकर्षण बन्दै

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • अर्थसमाचार संवाददाता
    अष्ट्रेलिया

    images
    images

    अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अवस्थित बल्लारट शहर पछिल्लो समय नेपाली विद्यार्थी तथा आप्रवासी समुदायका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। मेलबर्नबाट करिब ११० किलोमिटर पश्चिममा रहेको यो शहर आफ्नो ऐतिहासिक महत्त्व, सहज जीवनशैली र बढ्दो अवसरका कारण चर्चामा आएको हो।

    Bhitof.jpg

    images
    images

    १८५० को दशकमा अष्ट्रेलियन गोल्ड रश का कारण तीव्र रूपमा विकास भएको बल्लारट आज पनि सोही ऐतिहासिक विरासतका लागि प्रसिद्ध छ। त्यतिबेला ठूलो संख्यामा मानिसहरू यहाँ बसाइँ सरेका थिए, जसले शहरको जनसंख्या र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि गराएको थियो।

    हालका वर्षहरूमा बल्लारटमा बहुसांस्कृतिक समुदाय विस्तार हुँदै गएको छ। विशेषगरी नेपाली डायस्पोराको उपस्थिति बढ्दै जाँदा यहाँको सामाजिक तथा सांस्कृतिक विविधता अझ सुदृढ बन्दै गएको छ। अध्ययन तथा रोजगारीका अवसर खोज्दै आएका नेपाली युवाहरूका लागि यो शहर नयाँ गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

    बल्लारटमा जीवनयापन अपेक्षाकृत सस्तो, शान्त वातावरण र सुरक्षित बसोबासका कारण विद्यार्थी तथा परिवारका लागि उपयुक्त मानिन्छ। साथै, मेलबर्नसँग जोड्ने भरपर्दो रेल सेवाले गर्दा आवतजावत पनि सहज छ, जसले रोजगारी तथा अध्ययन दुवैका लागि थप अवसर सिर्जना गरेको छ।

    भिक्टोरियाको प्रमुख भित्री शहरहरूमध्ये एक मानिने बल्लारटले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको पहुँचका कारण ‘लिभेबल सिटी’को रूपमा आफ्नो पहिचान बनाएको छ।

    अष्ट्रेलियामा अध्ययन वा बसोबास गर्ने योजना बनाइरहेका नेपाली विद्यार्थीहरूका लागि बल्लारट एक उपयुक्त विकल्प हुनसक्ने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend