images

२०८३ आश्विन १६ गते

images
images
images

घरबाटै पेन्सन नवीकरण गर्ने सुविधा प्रदान

घरबाटै पेन्सन नवीकरण गर्ने सुविधा प्रदान

images
images
शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • काठमाडौँ । अब पेन्सन नवीकरणका लागि सरकारी कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले ई–पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक सुरुवात गरेसँगै पेन्सन सेवा पूर्ण रूपमा अनलाइनमा रूपान्तरण भएको हो। महालेखा नियन्त्रकको कार्यालय द्वारा विकसित उक्त प्रणालीले अब सेवाग्राहीलाई घरबाटै पेन्सन नवीकरण गर्ने सुविधा प्रदान गर्नेछ।

    images
    images

    यस प्रणाली लागू भएसँगै करिब ३ लाख ५२ हजार ८१६ निवृत्तभरणधारी जसमध्ये करिब ४४ हजार निष्क्रिय रहेका लाभान्वित हुनेछन्। अब पेन्सन नवीकरण, बैंक छनौट लगायतका प्रक्रिया अनलाइनबाटै गर्न सकिने भएकाले सेवाग्राहीको समय, खर्च र झन्झट उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

    सरकारले यस व्यवस्थाबाट बैंकमार्फत भुक्तानी गर्दा लाग्ने कमिसनसमेत शून्यमा झार्ने लक्ष्य लिएको छ, जसले राज्यको खर्चमा पनि बचत हुने देखिन्छ।

    images
    images

    डिजिटल शासनतर्फको यो कदमले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend