images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • निसानको ‘न्यू इयर, न्यू बिगिनिंग्स, न्यू...

निसानको ‘न्यू इयर, न्यू बिगिनिंग्स, न्यू ड्राइभ’ योजना सार्वजनिक

निसानको ‘न्यू इयर, न्यू बिगिनिंग्स, न्यू ड्राइभ’ योजना सार्वजनिक

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । निसानले ‘न्यू इयर, न्यू बिगिनिंग्स, न्यू ड्राइभ’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफर प्राप्त गर्न सक्नेछन् ।सीमित अवधिका लागि लागु गरिएको यस योजनाअन्तर्गत ग्राहकले अब निसान म्याग्नाइट प्रतिदिन केवल ९९९ मा आफ्नो बनाउन सक्नेछन्, जसले यस लोकप्रिय कम्प्याक्ट एसयूभीलाई अझ सहज र पहुँचयोग्य बनाएको छ ।नयाँ वर्ष अफरअन्तर्गत ग्राहकले एक लाखसम्म नगद छुट, दुई लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको व्यापक बिमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् ।

    images
    images

    निसान म्याग्नाइट नेपालमा सबैभन्दा रुचाइने कम्प्याक्ट एसयूभीमध्ये एक हो । यसको आकर्षक डिजाइन, सुविधासम्पन्न इन्टेरियर, दमदार प्रदर्शन र उत्कृष्ट मूल्यका कारण ग्राहकको रोजाइमा परेको हो । साथै, म्याग्नाइटले ५–स्टार ग्लोबल एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको जनाएको छ ।सुरक्षाको दृष्टिले मात्र नभई, निसान म्याग्नाइटमा उत्कृष्ट श्रेणीको २०५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट असिस्ट तथा रियर पार्किङ क्यामेरासहितको टचस्क्रिन जस्ता सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।यो योजना सीमित अवधिका लागि नेपालभर रहेका सबै आधिकारिक निसान सोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ  । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend