images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • शिक्षक निवृत्तिभरण व्यवस्थापनदेखि शिक्षा ऐनसम्म शिक्षामन्त्री...

शिक्षक निवृत्तिभरण व्यवस्थापनदेखि शिक्षा ऐनसम्म शिक्षामन्त्री भट्टराईलाई यस्ता सुझाव

शिक्षक निवृत्तिभरण व्यवस्थापनदेखि शिक्षा ऐनसम्म शिक्षामन्त्री भट्टराईलाई यस्ता सुझाव

images
images
बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँः शिक्षा मन्त्रालयमा कार्यरत एमाले निकट निजामती कर्मचारीको संगठनको विभागीय कार्यसमितिले शिक्षामन्त्री विद्या भट्टराईलाई शिक्षक निवृत्तिभरण व्यवस्थापन गर्न सुझाव दिएका छन्।

    images
    images

    कर्मचारी संगठनका अध्यक्ष शिवराज पोखरेलले मन्त्री भट्टराईलाई लिखित रूपमा शिक्षा सुधारका विभिन्न सुझाव दिने क्रममा उक्त सुझाव पनि दिएका हुन्।

    उनले संघीय शिक्षा ऐन जारी गर्न मन्त्रालय नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका छन्। संगठनले कक्षा १०, १२, विश्वविद्यालयको परीक्षा प्रणाली सुधार गर्न सुझाव दिएको छ।

    images
    images

    त्यस्तै, एनओसी, प्रमाणीकरण शाखाको सेवा प्रवाह प्रणालीका लागि संरचना तथा प्रक्रियामा सुधार गर्नुपर्ने, शिक्षक निवृत्तिभरण व्यवस्थापन र प्रमाणपत्र प्रमाणीकरण गर्ने व्यवस्थामा आइटीको प्रयोग गरी छिटो र छरितो बनाउनुपर्ने संगठनको माग छ।

    उच्च शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन पहल गर्नुपर्ने सुझाव पनि मन्त्री भट्टराईलाई छ। संगठनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्र सुधार गर्न भट्टराईलाई सुझाव दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend