images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य...

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • दशरथचन्द(बैतडी), २६ चैत । जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।  स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताउनुभयो । 

    images
    images

    तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताउनुभयो । 

    स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन्। ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निशुल्क उपचार हुने गरेको बिमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

    images
    images

    स्वास्थ्य बिमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक रु तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत रु एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप रु २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend