images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • पुराना ग्यास सिलिण्डर नष्ट गर्दै नेपाल...
पुराना ग्यास सिलिण्डर नष्ट गर्दै

पुराना ग्यास सिलिण्डर नष्ट गर्दै नेपाल ग्यास उद्योग

पुराना ग्यास सिलिण्डर नष्ट गर्दै नेपाल ग्यास उद्योग

नेपाल ग्यास उद्योग

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ । यही चैत २६ गते नेपाल ग्यास उद्योग ले पुराना तथा प्रयोगयोग्य अवधि सकिएका एलपी ग्यास सिलिण्डरहरू नष्ट गर्ने तयारी गरेको छ।

    images
    images

    उद्योग स्रोतका अनुसार सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै जोखिमपूर्ण तथा जीर्ण सिलिण्डरहरू चरणबद्ध रूपमा हटाइने भएको हो। उपभोक्ताको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

    एलपी ग्यास सिलिण्डरहरू लामो समय प्रयोग भएपछि कमजोर हुने र विस्फोटको जोखिम बढ्ने भएकाले समय–समयमा परीक्षण गरी अनुपयुक्त सिलिण्डर नष्ट गर्नु अन्तर्राष्ट्रिय अभ्यास समेत हो।

    images
    images

    हाल नेपालमा ग्यास आपूर्ति तथा वितरण प्रणाली व्यवस्थापन गर्न विभिन्न उद्योगहरू सक्रिय छन्। पछिल्लो समय बजारमा ग्यासको माग बढ्दै जाँदा आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको छ। यस्तै अवस्थामा पुराना सिलिण्डर व्यवस्थापनलाई पनि उद्योगहरूले प्राथमिकतामा राख्न थालेका छन्।

    उद्योगले नष्ट गरिने सिलिण्डरहरूको सट्टामा नयाँ तथा सुरक्षित सिलिण्डर क्रमशः बजारमा ल्याउने जनाएको छ। यसबाट उपभोक्तालाई सुरक्षित ग्यास प्रयोग सुनिश्चित हुने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend