images

२०८३ आश्विन १९ गते

images
images
images

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घटाउँदै राष्ट्र बैंकको नयाँ नीति

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घटाउँदै राष्ट्र बैंकको नयाँ नीति

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंक ले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो ।

    images
    images

    नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको हुनुपर्ने वा धितो राखिएको घर–जग्गाको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत मार्जिन कायम गरिएको हुनुपर्नेछ । साथै, लगानी हुने परियोजनाको बीमा गरिएको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

    यसअघि २ करोड ५० लाख रुपैयाँसम्मका कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ अन्तर्गत राखी ७५ प्रतिशत जोखिम भार लागू हुँदै आएको थियो । सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार कृषि, सूचना प्रविधि र एमएसएमई क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend