images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा...

अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, छिट्टै आइपीओमा जाने

अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, छिट्टै आइपीओमा जाने

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • पोखरा ।अन्नपूर्ण केबलकार लिमिटेड को तेस्रो वार्षिक साधारण सभा मिति २०८२ साल चैत २० गते मिष्टिक माउण्टेनमा सम्पन्न भएको छ।सभाको प्रारम्भमा कम्पनीका सञ्चालक बाजाद श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनी आगामी दिनमा आइपीओमा जाने तयारीमा रहेको जानकारी  दिए। उनले आवश्यक कागजातहरू मिलाउने प्रक्रियामा यो साधारण सभा महत्वपूर्ण रहेको उल्लेख गरे ।

    images
    images

    कार्यक्रम सञ्चालनको क्रममा कम्पनीका महाप्रबन्धक दिनेश पौड्याल ले केबलकार परियोजनामा हालसम्म भएका कार्यहरू तथा प्रगतिको विस्तृत विवरण शेयरधनीहरू समक्ष प्रस्तुत गरे ।यसैगरी, सञ्चालक समितिका अध्यक्ष कालु गुरुङले पेश गरिएकाेवासलात तथा नाफा–नोक्सानी सम्बन्धी प्रतिवेदनमाथि शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।छलफलपश्चात उपस्थित शेयरधनीहरूले उक्त प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेका छन्।कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend